Aamsanchar

आजको मौसम, पहाडी भू–भागमा बर्षा हुने

Author Image
बिहिवार, वैशाख २२, २०७९

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यता शुक्रबार पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू0भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 427

प्रतिक्रिया (०)

सम्बन्धित खबर