Aamsanchar

एक महिलाको हत्या अभियोगमा बाबुछोरा प्रहरीकाे नियन्त्रणमा

Author Image
बिहिवार, वैशाख २२, २०७९

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलाको हत्या अभियोगमा बाबुछोरालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ खपौदी घर भई हाल वडा नं. ६ लेकसाइड बस्दै आएका ३६ वर्षीय सन्तोष जलारी र छोरा १८ वर्षीय साजन पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–५ मालेपाटनमा बस्दै आएकी ४४ वर्षिया सेतीमाया अधिकारी गत वैशाख ६ गते पोखरा महानगरपालिका–६ स्थित फेवाताल किनारमा महिलाको शव फेला परेको थियो।

अधिकारीको हत्यामा बाबुछोराको संलग्नता रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको रे कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि डिएसपी तिवारीले जानकारी दिए।

Views: 522

प्रतिक्रिया (०)

सम्बन्धित खबर