Aamsanchar

ताप्लेजुङमा छोराले गरे बुबाआमाको हत्या

Author Image
शुक्रवार, वैशाख २३, २०७९

काठमाडौं –ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन्।  फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन् ।
आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए।

आइतराजलाई लेलेप प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 520

प्रतिक्रिया (०)

सम्बन्धित खबर