Aamsanchar

समाजमा परिवर्तनका लागि नव दम्पती बने उदाहरणिय

Author Image
शुक्रवार, वैशाख २३, २०७९

सुनबर्षी (मोरङ) । संबिधान र कानुनले दण्डनिय बनाएपनि अन्तरसमुदाय र दलित र गैरदलित विचको विवाहलाई समाजले अझै पूर्ण रुपमा पचाउन सकेको छैन । अझैपनि अन्तरसमुदाय र अन्तरजातिय विवाह गर्ने जोडीहरुलाई घर परिवार र समाजबाट बहिष्कार गर्नेदेखी विभिन्न बहानामा छुटयाउने गरिएको छ । तर मोरङका मधेशी समुदायको गैरदलित युवा र पहाडी दलित समुदायकी युवतीको परिवारकै सहमतीमा झयाँई झयाँई बाजा बजाएर धार्मिक रिती अनुसार भव्य रुपमा मागी विवाह भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका २ सुगा बजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ बर्षिय बिरेन्द्र साह र सोही नगरपालिका ३ नम्बर वडाका रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ बर्षिय सम्झना दर्नालको बुधबार झयाँई झयाँई बाजा बनाएर धार्मिक रिती अनुसार भव्य रुपमा मागी विवाह सम्पन्न भएको हो ।

बेहुला र बेहुली दुवै परिवारको सहमतीमा पंडितले जुराएको साईत अनुसार बुधबार बैसाख २१ गते बिरेन्द्र र सम्झनाको विवाह लगन तय भएको थियो । यसैले बुधबार बेहुला विरेन्द्रसँगै उनका बुबा राजेन्द्र र परिवारका सदस्य अनि गाउँले र अतिथिहरु ठाँटिएर सम्झनालाई लिन जन्ती बनेर रमाउदै पुगेका थिए । आधुनिक डिजे बाजागाजा सहित नाच्दै गाउँदै आएका जन्तीलाई सम्झनाका बाबाुआमा आफन्त र गाउँलेहरुले पनि हर्षोल्लास सहित रितपुर्वक भव्य स्वागत गरेका थिए ।
दुबैको हिन्दु बैबाहिक बिधि अनुसार जग्गेमा पंडितले बिबाह सम्पन्न गराएका थिए । त्यसपछि बेहुला बिरेन्द्र र उनका आफन्तहरुले हर्षोल्लास सहित सिँगारपटारले चिटिक्क सजिएकी बेहुली सम्झनालाई ल्याएर हर्षोल्लास सहित रितपुर्वक घर भित्रयाएका थिए । बेहुली घर भित्रयाएका विरेन्द्रले आज बिहिवार दिउँसो आफना साथीभाई र आफन्त र शुभच्छुकहरुलाई प्रितिभोज पनि आयोजना गरेका छन ।

हामीले समाजमा परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारलाई सहमती गराएर केही बर्षदेखीको प्रेमलाई मागी विवाहमा परिणत गराएका हौ’ , बेहुला बिरेन्द्र र बेहुली सम्झनाले भने । बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा अझै दलित र गैरदलित भनेर जातभातको कुरा गर्नु लाजमर्दो कुरा हो भन्दै आफुहरुले जेठा छोरोको समाजिक अन्र्तघुलनका लागि अन्तरसमुदायमा मागी अन्तरजातिय बिवाह धुमधामले गराएको बताए । सम्झनाका बाबु रत्न र आमा कल्पनाले पनि अन्तरसमुदाय र अन्तरजातिय भएपनि धुमधामले विवाह गरेर छोरीलाई बिदा गर्न पाउँदा आफुहरु हर्षित भएको बताए ।
बेहुला विरेन्द्र पत्रकारिता र कलाकारितासँगै समाजसेवामा पनि सक्रृय छन । बेहुली सम्झनाचाँही स्नातकतह अन्तिमबर्षमा अध्यनरत छिन । सम्झनाका बाबुआमा कृषक हुन । बिरेन्द्रका बाबु स्थानिय व्यपारी हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 788

प्रतिक्रिया (०)

सम्बन्धित खबर