काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । केही दिनदेखि काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम लगातार जस्तै बद्ली भएकोमा आज बिहान काठमाण्डौ उपत्यकामा मौसम खुलेर घाम लागेको हो ।
अहिले घाम लागे पनि बिस्तारै मौसम बद्ली हुँदै जाने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भोलिको मौसम पनि यस्तै रहने अनुमान छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 487