Aamsanchar

संघ संस्थाबाट चिनिएका चिमरिया

Author Image
शनिवार, वैशाख २४, २०७९

झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका रुद्र प्रसाद चिमरिया विगत लामो समय देखि कनकाईका विभिन्न संघ संस्थामा सक्रिय व्यक्ति हुन् । विगत करिव ५० बर्ष देखि नै सामाजिक क्षेत्रमा क्रियासिल चिमरियाले आफु आबद्ध संघ संस्थालाई अब्बल बनाई निकै महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेका छन् । उनि आबद्ध भएर नेतृत्व गरेको संस्थाले कनकाई मात्र नभएर देश कै विभिन्न संघ संस्थाको तुलनामा उच्च स्थान हाँसिल गरेको पाईएको छ ।

गत स्थानिय तह निर्वाचन २०७४ बाट कनकाई नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष पदमा विजयी भएका चिमरियाको वडालाई व्यवस्थीत गर्ने बिषयमा महत्वपूर्ण योगदान छ । कनकाईको मुख्य बजारका रुपमा हेरिएको वडा नं। ३ का बाटो, सामुदायीक भवन लगायतका भौतिक पूर्वाधार निर्माणले उहाँकै अध्यक्षतामा तिब्रता प्राप्त गरेका छन् । शिक्षा, स्वास्थ्य, स्थानिय रोजगार, कृषिका क्षेत्रमा पनि चिमरिया नेतृत्वको स्थानिय सरकारले महत्वपूर्ण फड्को मारेको छ ।
चिमरिया वि।सं। २०४२ सालमा तत्कालिन सुरुङ्गा गा.वि.स. वार्ड नं. ६ को अध्यक्ष भएका थिए । त्यस समय उनले वडालाई निकै कुसलता पूर्वक संचालन गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको त्यहाँका स्थानिय बताउछन् । त्यस भन्दा अगाडी वि.सं. २०३७ सालमा उनि सोही वडाका परिषद सदस्य बनेको थिए ।
त्यस्तै चिमरिया झापा उद्योग वाणिज्य संघ सुरुङ्गा शाखामा ३ कार्यकाल रहेर वाणिज्य क्षेत्रमा अहम भूमिका निर्वाह गरेको स्थानिय व्यावसायीहरु बताउछन् । उनकै नेतृत्वमा वाणिज्य संघ शाखा सुरुङ्गा भएको समयमा झापा जिल्लाको मध्य भागमा पर्ने सुरुङ्गा बजार बन्द निषेधित क्षेत्र भएको थियो । विभिन्न पार्टिहरुलाई एकै स्थानमा सहमति गराएर सुरुङ्गालाई बन्द निषेधित क्षेत्र बनाउनेमा चिमरियाले प्रमुख भुमिका निर्वाह गरेका छन् ।
चिमरियाले २ कार्यकाल नेतृत्व गरेको कनकाई सामुदायीक बनले पनि निक्कै उचाई प्राप्त गरेको छ । बन संरक्षण, बृक्षरोपण मात्र नभएर उनकै कार्यकालमा ऋणमा डुवेको कनकाई बनलाई ऋण मुक्त गराई करिव एक करोड रुपैँया मुल पुँजी भएको सहकारी समेत स्थापना गरे । कनकाई बनमा विभिन्न आवश्यक पर्ने टे«क्टर लगायतका सामाग्रहरु खरिद गरि सामुदायीक बनलाई श्रोत र साधन युक्त बनाएको स्थानिय उपभोक्तले बताउने गरेका छन् ।
यता कोटीहोम धार्मिक विकास संस्थाको १ कार्यकाल उपाध्यक्ष र १ कार्यकाल कोषाध्यक्षको रुपमा रहेका चिमरियाले संस्थाको गरिमा उच्च राख्न निकै राम्रो भुमिका निभएका थिए ।
कनकाई बहुमुखि क्याम्पस सुरुङ्गाका व्यावस्थापन समिति सदस्य सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्त समुहका पनि सदस्य भएका चिमरिया अन्य पनि विभिन्न सामाजिक क्षेत्रमा रहेर सामाजिक कार्यमा अग्रस्थानमा रहेका छन् ।
चिमरिया आसन्न स्थानिय तह निर्वाचन बैशाख ३० का लागि कनकाई नगरबाट मेयर पदका उम्मेद्वार हुन् । नेपाली काँग्रेसका तर्पmबाट उनि उम्मेद्वार भएपनि उनि आवद्ध संस्था सहित धरै नागरिकले उनलाई नगर प्रमुख रुपमा हेर्न चाहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर