Aamsanchar

बिर्तामोडमा गठबन्धन दलद्वारा घरदैलो अभियन सम्पन्न

Author Image
शनिवार, वैशाख २४, २०७९

बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत घरदैलो अभियान बिर्तामोड–९ मा गठबन्धन दलले शनिबार सम्पन्न गरेको छ । शनिबार नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसमेतको उपस्थितीमा विभिन्न टोलमा कोणसभा गर्दै गठबन्धनले घरदैलो सम्पन्न गरेको हो ।
‘करिब १० दिन लामो घरदैलो कार्यक्रम हाम्रो वडामा सम्पन्न भएको छ,’ वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार मोहनप्रसाद सुब्बाले भने,‘अब मतदाता शिक्षाको कार्यक्रम चलाउँछौँ ।’ आफुहरुले वडाका अधिकांश घरमा गएर मतदातालाई आफ्नो प्रतिबद्धता सुनाएर मत मागेको उनले बताए ।
शनिबार वडा नम्बर ९ को कामाटोली, कन्चनबारी, लखिबारीस्थित भिमसेन मन्दिर, सतालसिंहबारीलगायतका स्थानहरुमा भएको कोणसभामा नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौला, उपप्रमुख पदका उम्मेदवार सिपी कडरिया, वडाध्यक्ष सुब्बा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुशिला ढकाल, माओवादी केन्द्र प्रदेश सदस्य अरुण श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले आफुले चुनाव जितेपनि नजितेपनि ९ नम्बर वडाको सडक, कृषि, विद्युत लगायतको क्षेत्रमा काम गर्ने बताए । उनले कन्चनबारीका सडकमा भएको खाल्डो निर्वाचन सकिएको दुई दिन भित्रैमा आफ्नो पहलमा पुर्ने घोषणा गरे । आफुले कहिले झुठ नबोल्ने बताउँदै सिटौलाले यदि आफुले झुठ बोल्ने गरेको भए तीन÷तीन कार्यकाल वडाध्यक्ष निर्वाचित नहुने बताए । फुल बोकेर मन्दिरको मुर्ति चोर्न जानेहरुसँग होसियार रहन आग्रह गर्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गरे ।
उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले ९ नम्बर वडा कृषिका लागि उर्वर रहेको भन्दै मोटर बोरिङ जडान गर्ने, भोल्टेज सुधारका लागि काम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरे । कडरियाले आफु जनप्रतिनिधी नहुँदापनि वडा नम्बर ९ को विकासका लागि काम गरेको हुँदा जनप्रतिनिधी बनाएर थप जिम्मेवारीका साथ काम गराउन आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकालले मतदाताहरुलाई अन्य दलको भ्रममा नपरी गठबन्धनका सबै उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरिन् ।
माओवादी केन्द्रका प्रदेश सदस्य अरुण श्रेष्ठ कुबेरले घरका बालाई पानी दिन छाडेर पार्टीको बाको पछि लाग्नेहरुले विकास नगर्ने बताए । उनले गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि अति आवश्यक भएको धारणा व्यक्त गरे ।

वडाध्यक्षका उम्मेदवार मोहनप्रसाद सुब्बाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै निर्वाचित भए वडामा सुशासन कायम गर्ने, वडा कार्यालयलाई भौगोलिक हिसाबले मध्य भागमा निर्माण गर्ने, वडामा कार्यकर्ता पोस्ने काम बन्द गर्ने, नौ नम्बरलाई नमूना वडा बनाउने लगायतका प्रतिबद्धता व्यक्त गरे । उनले वडाबासीलाई आफुले गरेका प्रतिबद्धता रेकर्ड गरेर राख्न आग्रह गर्दै सो अनुसार नभए आएर कान समाउन भने ।
वडा नम्बर ९ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष सुब्बा, महिला सदस्य चन्द्रमाया तामाङ्ग, दलित महिला सदस्य नानुमाया लकान्द्री, वडा सदस्यहरु श्रीप्रसाद पाठक र गोविन्द उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 505

प्रतिक्रिया (०)