Aamsanchar

एमाले र माओवादी कार्यकर्ताबाट राप्रपा उम्मेदवारमाथि हातपात भएकाे भन्दै कारवाहीकाे माग

Author Image
सोमवार, वैशाख २६, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएका हमलाको निन्दा गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग गरेका हुन्।

धनुषाको सबेला नगरपालिका-४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्षका उम्मेदवार लिलिबर बिसीलाई चुनावी प्रचारका क्रममा बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उम्मेदवारलाई लछार पछार गरिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

राप्रपाले दुवै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ। भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ।

Views: 113

प्रतिक्रिया (०)