Aamsanchar

केपी ओली राजनीतिक नेता नभएर हाँस्यव्यंग्य पात्र मात्र हुन : श्याम पोखरेल

Author Image
मङ्गलवार, वैशाख २७, २०७९

धरान । एमाले राजनितिक पार्टी नभएर हाँस्यव्यंग्य संस्था जस्तो भएको नेपाली काँग्रेका धरान नगर सभापति श्याम पोखरेलले आरोप लगाए ।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति पोखरेलले एमाले हाँस्यव्यग्य संस्था जस्तो बनेको बताए । एमालेका केन्द्रिय अध्यक्ष केपी ओली नेता नभएर यौटा गफाडी पात्र भएको उनले बताए । उनले एमालेको चुनावी सभालाई सम्बोधन गर्दै धराने जनतालाई फेरी पनि बेकुफ बनाएको पोखरेलले आरोप लगाए । उनले ओली जनताको हित भन्दा आफ्नो हितका लागी काम गर्ने पात्र भएको आरोप लगाएका छन् ।

उनले सभालाई सम्बोधन गर्ने क्रममा ३०औं वर्षसम्म एमालेले गर्न नसकेको विकास अब पाँच वर्षमा लोकतान्त्रिक बाम गठबन्धनले गर्ने बताए । उनले मेयर तिलक राईले अढाइ वर्ष धरानको नेतृत्व गर्दा धरानले एक तरिकाले विकासको बाटो समाएको बताए । हाल धरानमा पानी चौविसै घण्टा खुवाउन सक्छु भनेर चुनावी मुद्दा बनाएर हावा गफ गर्दैछन तर सचेत धराने जनतालाई नझुकिन उनले आग्रह गरे । धरानको सुकुम्बासीहरुलाई अब गठबन्धनको नेतृत्वले लालपुर्जा वितरण गर्ने उनले जिकिर गरे ।

Views: 372

प्रतिक्रिया (०)