Aamsanchar

के तपाईंलाई थाहा छ ? स्थानीय तह निर्वाचनका बारेमा केही तथ्यहरू

Author Image
शुक्रवार, वैशाख ३०, २०७९

देशभरिका ७५३ वटै स्थानीय तहमा आज २०७९ वैशाख ३०मा स्थानीय निर्वाचन हुँदै छ । यस निर्वाचनमा ७९ वटा राजनैतिक दलहरु समावेश भएका छन् ।
देशभरिमा महानगरपालिकाको सङ्ख्या ६ वटा छ। ११ वटा उपमहानगरपालिका रहेको छ। नगरपालिकाको सङ्ख्या २७६ हो भने गाउँपालिकाको सङ्ख्या ४६० रहेको छ। ७५३ पालिका प्रमुखका लागि चुनाव हुदैछ। सोही सङ्ख्यामा पालिका उप–प्रमुखका लागि पनि निर्वाचनको समय आएको हो ।
आज ६ हजार ७४३ वडा अध्यक्ष छनौट गरिदैछ। सोही सङ्ख्यामा महिला वडा सदस्य र दलित महिला वडा सदस्यको छनौट निर्वाचनबाट गरिन्छ। प्रत्येक वडामा २ जना वडा सदस्यका लागि कूल १३ हजार ४८६ पदका लागि मतदाताले मतदान गर्दै छन् ।

चुनावको अघिल्लो दिन वैशाख २९ गतेसम्मको मितिलाई हेर्दा झन्डै १ करोड ७९ लाख मतदाताले मतदान गर्ने आयोगको प्रारम्भिक तथ्याङ्कले आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभएको छ । निर्वाचनका लागि २२ हजार निर्वाचन केन्द्रहरू तय गरिएका छन् भने निर्वाचनका लागि झन्डै २ करोड मतपत्र छापिएको छ । ‘निर्वाचनमा प्रयोग गरिने मतपेटिका, स्टामप्याड, स्वस्तिक चिह्न लगायतका साम्रागी प्रत्येक मतदान केन्द्रमा लगिइसकेको छ ।

निर्वाचनको घोषणा कहिले भएको हो ?
आयोगको परामर्शमा सरकारले स्थानीय तह सदस्य निर्वाचन आउँदो वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी मिति माघ २४ गते घोषणा गरेको थियो।
सङ्घीय गणतन्त्र नेपालले आज स्थानीय तहमा सक्षम र भरपर्दा उम्मेदवारहरू छान्नेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 486

प्रतिक्रिया (०)

सम्बन्धित खबर