Aamsanchar

अर्जुनधारा १ मा गठबन्धनले खाता खोल्यो

Author Image
आइतवार, जेठ १, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका –१ मा वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् । एमालेका विष्णुलाल ढकाललाई पछि पार्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

वडासदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् । वडासदस्यमा मदनकुमार लिमेल मगर, उमा खत्री, इन्दिरा रमदम र दिनेश घिमिरे विजयी भएका हुन् ।

Views: 609

प्रतिक्रिया (०)