झापाको कनकाई नगरपालिका वडा नं.९ मा एमाले पार्टी विजयी बनेको छ । एमालेका वडा अध्यक्षका उम्मेद्वार राजेन्द्रप्रसाद उप्रेतीले १ हजार ९८ मत प्राप्त गर्दै कनकाईमा पहिलो एमालेको विजय कायम गरेका हुन् ।
पाँच सय दुई मतको अन्तरले विजयी बनेका उप्रेतीका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीले ५९६ मत प्राप्त गरे । राजवंशी सोही वडाका निवर्तमान वडाअध्यक्ष समेत हुन् भने विजेता बनेका उप्रेती सोही वडाका लामो समय सम्म वडा सचिवको जिम्मेवारी निर्वाह गरेका वडाका पूर्व वडा सचिव हुन् ।
उप्रेतीसँगै निर्वाचित महिला सदस्यले ७८३, दलित महिला सदस्यले ७८६, वडासदस्य पहिलोले ८०१ र दोस्रोले ६४९ मत प्राप्त गरेका छन् । अन्य वडाहरुको जारी मत गणना चाँडै सार्वजनिक हुने निर्वाचन अधिकृत दिपक कोइरालाले जनाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 288