Aamsanchar

मेचीनगरको ताजा मत परिणाम

Author Image
आइतवार, जेठ १, २०७९

सुस्त गतिमा मतगणना जारी रहेको मेचीनगर नगरपालिकाको मतगणनामा रफ्तार बढेको छ । हिजो दिउँसो देखि वडा नं १ को गणना सुरु भएकोमा आज थप दुई वटा वडाहरुको समेत मतगणना सुरु भएसंग रफ्तार बढेको हो ।

आज अपरान्हदेखि वडा नं. १५ को गणना सुरु भएको र अहिले ८ः३० बजेदेखि वडा नं. २ समेत मतगणना सुरु भएको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिनु भयो ।

‘हिजो र आज गणनामा केही समय लागे पनि अब रफ्तार बढेको छ,’ फुयलले भन्नुभयो, ‘भोलि दिउँसो देखि थप दुई ठाउँमा गणना गर्ने व्यवस्था मिलाएका छौं ।’

अहिले तीन ठाउँमा वडा नं. १, २ र १५ को गणना भइरहेको र भोलि देखि थप दुई वटा वडाहरुको समेत समानान्तर रुपमा मतगणना सुरु हुने निर्वाचन अधिकृत फुयलले बताउनु भयो ।

अहिले वडा नं. १ र १५ को गरी ९०० मत गणना भइसकेको छ । जसमा प्रमुखमा एमालेका गोपाल बुढाथोकीले ३४३ र काँग्रेसका इन्द्र बुढाथोकीले ३०८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपप्रमुखमा एमालेका मिना उप्रेतीले ३३८ र माओवादी केन्द्रका प्रकाश भण्डारीले १६८ मत प्राप्त गर्नु भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 884

प्रतिक्रिया (०)