Aamsanchar

कनकाईमा एमालेका राजेन्द्र पोखरेल २७९ मतले अगाडि

Author Image
सोमवार, जेठ २, २०७९

झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेल प्रतिष्पर्दी स्वतन्त्र उम्मेदवार शेरबहादर थापा भन्दा २७८ मतले अगाडी बढेका छन् ।
सूर्य चिन्हका पोखरेलले हाल सम्म ४२०८ मत प्राप्त गरेका छन् भने जेब्रा चिन्हमा थापाको ३९२९ मत प्राप्त गरेका छन् । त्यैगरी नेपाली काग्रेसका रुद्रप्रसाद चिमरियाले २६९७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । रापपाका उम्मेदवार श्यामशुन्दर ओलीले ९०५ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशिल झापाका भिमप्रसाद अधिकारीले ७१ मत प्राप्त गरेका छन् । अर्काृ स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले हाल सम्म १ मत मात्र प्राप्त गरेका छन् । मौलिक जरोकिलो पार्टीका टंक उप्रेतीले हिजो देखि ९ मत मै रहनु परेको छ ।

उता उप–प्रमुख काग्रेसकी आशा ४९०५ मत प्राप्त गरेर अग्रस्थान प्राप्त गरेकी छन् । एमालेकी मञ्जु प्रसाईले ४५२९ मत बनाएर दोस्रो स्थनमा रहेकी छन् । राप्रपाकी सचित्रा निरौलाले ८२४ मत प्राप्त गरेकी छन् । समाजवादीकी अम्बिकादेवी महतले ४२० मत प्राप्त गरेकी छन् । विवेकशिल झापाकी अम्बिका चापागार्ईले ६४ मत प्राप्त गरेकी छन् । उन्नत लोकतन्त्रकी
विद्यया बराईलीले ६ मत प्राप्त गरेकी छन् । त्यसैगरी मौलिक जरोकिलोकी शान्ता ढकालले ९ मतमा रहनु परेको छ ।

कनकाईमा ३५ हजार ४ सय ७१ मत खसेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 572

प्रतिक्रिया (०)

सम्बन्धित खबर