

झापाको अर्जुनधारा नगरपालिकामा पछिल्लो पत गणना अनुसार नेकपा एमाले तर्फका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देनले गठबन्धन काँग्रेसकी उम्मेदवार रञ्जिता कार्कीलाई ७५२ मतले जितेका छन् ।

सूर्य चिन्हका उम्मेदवार गोम्देनले ३३०० मत प्रप्त गरेका छन् भने गोम्देनकी प्रतिष्र्दी रुख चिन्हकी उम्मेदवार कार्कीले २५४८ मत प्राप्त गरेका छन् । राप्रपाका प्रमुख पदका उम्मेदवार सूर्यकुमार खतिवडाले भने २६४ मात्र मत प्राप्त गरेका छन् ।

त्यस्तै उप–प्रमुख पदमा एमालेकी खड्गमाया पराजुलीको अग्रता रहेको छ । उनले ३१६१ मत प्रप्त गरेकी छन् । गठबन्धन माओवादी केन्द्रका जितेश योञ्जनले १७१७ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपा तर्फका उम्मेदवार तारादेवी बस्नेतले ३३३ मत प्राप्त गरेकी छन् ।

Views: 593

