चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ५८ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।
पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ७ सय २७ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाइरहनुभएको छ । उहाँले २ हजार १ सय १४ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ५ हजार ५ सय ५७ मत पाउनु भएको छ । एमालेकी हिमला गुरुङले ३ हजार ७ सय ६४ मत प्राप्त गर्नु भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 492