Aamsanchar

अर्जुनधारा नगरपालिका पछिल्लो मत परिणाम

Author Image
मङ्गलवार, जेठ ३, २०७९

अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देनको अग्रस्थानले निरन्तरता पाएको छ । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ८८८ मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् ।

सूर्य चिन्हका गोम्देनले हाल सम्म ४ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने रुख चिन्हमा कार्कीको ३ हजार ७ सय ७५ मत रहेको छ । त्यैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यकुमार खतिवडाले २ सय ६५ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

उता उप–प्रमुखमा एमालेकी खड्गमाया पराजुलीको पक्षमा ४ हजार ५ सय १७ मत प्राप्त भएको छ । गठबन्धन माओवादीका जितेन योन्जनले २ हजार ५ सय ११ मत बनाएका छन् । त्यसैगरी राप्रपाकी तारादेवी बस्नेतले ४ सय ७१ मत प्राप्त गरेकी छन् ।

हाल ५ नम्बर वडाको कञ्चनबारी बुथको मतगणना भईरहेको छ ।

Views: 874

प्रतिक्रिया (०)