कामाटोली । झापाको झापा गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले अग्रस्थान कायम राखेका छन् । साहका प्रतिष्पर्दी एमालेका उम्मेदवार गौरीशंकर राजवंशीलाई ८ सय ९७ मतले पछी पारेर अग्रस्थान कायम राखेका हुन् ।
रुख चिन्हका साहले हाल सम्म ३ हजार २ सय ४० मत प्राप्त गरेका छन् भने सूर्य चिन्हमा राजवंशीको २ हजार ३ सय ४३ मत रहेको छ । त्यैगरी माओवादी केन्द्रका रुद्र बजगाईले १ हजार ४ सय ४१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
राप्रपाका चन्द्रबहादु रकार्कीले ५६, स्वतन्त्र लक्ष्मीप्रसाद गणेश ३३, जनता समाजवादीका मोहितलाल कामतीले १०, जनमतका लोथ्रो हेमरमले ४, मंगोल नेशनलबाट दुर्गादेवी तामाङले १ भोट प्राप्त गरेकी छन् ।
उता उपाध्यक्ष पदका उम्मेदवार काँग्रेसकी अन्जुदेवी थपलियाले २ हजार ७ सय ३३ मत प्राप्त गरेर अग्रस्थानमा रहेकी छन् । त्यसैगरी एमाले तर्फकी उपाध्यक्ष पदकी उम्मेदवार देवीमाया अधिकारीले दोस्रो स्थानको मत २ हजार ६८ मत प्राप्त गरेकी छन् । माओवादी केनद्रकी मुन्नावती गणेशले १ हजार ४ सय ७१ मत प्राप्त गरेकी छन् । राप्रपाकी तारामाया राईले २ सय २४ र समाजवादीका ईश्वरप्रसाद दाहालले ५ मत प्राप्त गरेका छन् ।