Aamsanchar

कनकाईमा पोखरेलको जित निस्चित, यस्तो छ मत परिणाम

Author Image
मङ्गलवार, जेठ ३, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले क्रमस् मत परिणाम बढाउदै लगेका छन् । प्रतिष्पर्दी नेपाली काग्रेसका रुद्रप्रसाद चिमरियालाई १ हजार ९ सय २० मत पछाडी पारेका छन् ।

सूर्य चिन्हका पोखरेलले हाल सम्म ७ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् भने रुख चिन्हमा चिमरियाले ५ हजार ८ सय ३७ मत प्राप्त गरेका छन् । त्यैगरी स्वतन्त्र जेब्रा चिन्हका शेरबहादुर थापालाई ५ हजार ३ सय २९ मत भएको छ । राप्रपाका उम्मेदवार श्यामशुन्दर ओलीले १ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशिल साझाका भिमप्रसाद अधिकारीले १ सय ६१ मत प्राप्त गरेका छन् । मौलिक जरोकिलो पार्टीका टंक उप्रेतीले १८ मत बनाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले हाल सम्म ८ मत मात्र प्राप्त गरेका छन् ।

उता उप–प्रमुखमा काँग्रेसकी आशा शिवाकोटीको पक्षमा ९ हजार ५ सय ३० मत प्राप्त भएको छ । एमालेकी उम्मेदवार मञ्जु प्रसाईले ७ हजार ९ सय ५५ मत बनाएर दोस्रो स्थनमा रहेकी छन् । राप्रपाकी सचित्रा खनालले १ हजार ५ सय ४० मत प्राप्त गरेकी छन् । समाजवादीकी अम्बिकादेवी महतले ५ सय ८४ मत प्राप्त गरेकी छन् । विवेकशिल साझाकी अम्बिका चापागार्ईले १ सय ३ मत प्राप्त गरेकी छन् । मौलिक जरोकिलोकी शान्ता ढकालले १५ मतमा रहनु परेको छ । त्यसैगरी उन्नत लोकतन्त्रकी विद्यया बराईलीले आज दिनभरी ७ मत मै सिमित रहनु गरेको छ ।

कनकाईमा २५ हजार ३ सय ४७ मत खसेको छ । हाल सम्ममा २३ हजार २ सय ३२ मत गणना भईसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 933

प्रतिक्रिया (०)

सम्बन्धित खबर