Aamsanchar

कनकाईमा पोखरेल र सिवाकोटी विजयी

Author Image
बुधवार, जेठ ४, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याए भने नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याएका छन् । २ हजार १२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन् ।

कनकाईमा जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि थापा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँलाई १ हजार ८ सय ६८ मतान्तरले पराजित गरेकी हुन् । नगरपालिकाकी वर्तमान उपमेयर रहेकी प्रसाईँले ८ हजार ८ सय ४५ मत ल्याएकी छिन् ।

मेयरको प्रत्यासीका रुपमा रहेका शेरवहादुर थापाले मतगणनास्थलमै गएर नवनिर्वाचित नगर प्रमुखलाई फुलमाला लगाइदिएर बधाई तथा शुभकामना व्यक्त गरे । थापाले आगामी दिनमा सबै पक्षलाई समेटेर सम्मानजनक व्यवहार गर्न नवनिर्वाचित नगर प्रमुखलाई सुझाव दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 610

प्रतिक्रिया (०)

सम्बन्धित खबर