

दमक । झापाको दमक नगरपालिकामा राप्रपाले अग्रता कायमै राखेको छ । नगर प्रमुखमा राप्रपाका राम थापाले १० हजार ६४ मत ल्याउँदा एमालेकी गिता अधिकारीले १० हजार ४९ मत पाएकी छन् । दमक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर हो ।

उपप्रमुख तर्फ एमालेका अम्बिकाप्रसाद खनाल अग्रस्थानमा रहेका छन् । खनालले ९ हजार ८ सय ७४ मत ल्याएका छन् भने काँग्रेसकी रेगिना भट्टराईले ९ हजार ७ सय २७ मत ल्याएका छन् । दमकमा राप्रपालाई गठबन्धनले सहयोग गरेको छ ।
Views: 877

