Aamsanchar

गढी गाउँपालिकामा भरोसाको केन्द्र बने आश नारायण र अनिता

Author Image
बिहिवार, जेठ ५, २०७९

सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार आश नारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका कांग्रेसका महेश दत्तलाई ३५५१ मतले पराजित गर्दै आश नारायण चौधरी विजयी हुनुभएको हो । चौधरीले ८९०१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धन्दी दत्तले ५३५० मत ल्याउनुभयो ।उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले ७८१५ मत प्राप्त गर्नुभयो । कांग्रेसकी राजकुमारी चौधरीले ५८३८ मत प्राप्त गर्नुभयो ।गढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा एमालेले प्यानलै जीतेको छ । यसअघि काँग्रेसको गढ मानिने गढिमा एमालेले ऐतिहासिक जीत हासिल गरेको हो । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

को हुन आश नारायण चौधरी
गढिमै जन्मे हुर्केर त्यहिँको माटोसँग गाढा सम्वन्ध वनाएका गरीवि निवारणको क्षेत्रमा दशक अघि देखि क्रियाशिल ब्यक्तित्व हुनुहुन्छ आश नारायण चौधरी । उहाँले करिव तीनलाख सदस्य रहेको फरवार्ड माइक्रोफाइनान्सको सिइओको रुपमा कार्यरत रहेर कुशल नेतृत्व क्षमता देखाइसक्नुभएको छ । चालिस जिल्लामा १सय ६० शाखा रहेको सस्थाका एक हजार कर्मचारीवाट तीनलाख सदस्यलाई परिचालन गरेर लाखौ जनताको अनुहारमा मुस्कान र घरआँगनमा खुशीयाली ल्याइसक्नुभएको छ । उहाँको कुशल नेतृत्ववाट हजारौ हजार जनताको आर्थिक स्तर सवल वनेको छ । गरीविको ठाँउमा सम्वृद्धिले वास गरेको छ,नेतृत्व क्षमता वढेको छ । योजना निर्माणको क्षेत्रमा समेत उत्तिकै दख्खल राख्ने आश नारायण चौधरीले गढि गाँउपालिकाको सम्वृद्धि र विकासका लागि दीर्घकालिन र अल्पकालिन योजना तयार गरेर एउटा नमूना गाँउपालिका वनाउने लक्ष्य राख्नुभएको छ । आश नारायण चौधरी नेकपा एमालेको जिल्ला सदस्य र गढि गाँउपालिकाको इन्र्चाज हुनुहुन्छ ।

आर्थिक शशक्तिकरण अभियानका अगुवा,ग्रामिण अर्थतन्त्रको क्षेत्रका विज्ञ ब्यक्तित्व आश नारायण चौधरीले अब्यवस्थित वसोवासलाई ब्यवस्थित गर्ने,पहिलेदेखिनै वसोवास गरिरहेका भूमिहिनलाई आवासको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको छ ।धार्मिक गढि वनक्षेत्रको संरक्षण गर्दै प्रदेश १ कै एक नमूना पर्यटकीय क्षेत्र वनाउने उहाँको लक्ष्य छ । यस्तै गढि खेलमैदानको स्तरोन्नती गरि खेलकुद क्षेत्रलाई ब्यवसायिकरण गर्ने कार्यलाई निर्वाचित भएलगत्तै अघि वढाउन चाहानुहुन्छ । सवै वडाको सडकहरुको स्तरोन्नती गर्ने, मुलवाटोहरुमा नाला सहितको कालोपत्रे गर्ने योजना छ ।सामुदायिक भवन नभएका वडामा सामुदायिक भवन वनाउने,प्राविधिक शिक्षाको ब्यवस्था गर्ने,गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने एमाले गढिले आश नारायण चौधरी मार्फत गाँउपालिकावाट कार्यावन्यन गराउने उदेश्य लिएको छ एमएड र एमएस्सी गरि दुईविषयमा स्नातकोत्तर गर्नुभएका वौद्धिक ब्यक्तित्ववाट गाँउपालिकाको नेतृत्व हुदाँ गाँउपालिकाले मुहार फेर्नेमा स्थानीय आशावादी देखिन्छन ।थाइल्याण्ड,फिलिपिन्स,वंगलादेश,भारत लगायतका देशहरुमा भएका अन्तराष्ट्रिय सेमिनारहरुमा सहभागितावाट उहाँले पाएको ज्ञान र शीप गाँउ पालिकाको सम्वृद्धि र विकासमा पोखिने स्थानीयको अपेक्षा छ ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर