

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,३३८ मतको अग्रता बनाएकी छन् । उनले १८,७१३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १५,३७५ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,३६५ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २१,२९३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १२,२४७ मत पाएकी छन् । हालसम्म भरतपुरमा ४९,५१६ मतगणना सकिएको छ ।
Views: 548

