पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर रहेको झापा दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राम थापा विजयी भएका छन् । राप्रपाका थापाले नेकपा एमालेकी केन्द्रिय सदस्य तथा निर्वतमान उपमेयर गिता अधिकारीलाई हराउँदै नगरप्रमुखमा विजय हासिल गरेका हुन् ।
दमकको मेयरमा निर्वाचित राप्रपाका राम थापा र उपमेयरमा निर्वाचित कांग्रेसकी रेगिना भट्टराई विजयी बनेका छन् ।
थापाले १७ हजार ५२५ मत ल्याउँदै विजयी बने भने एमालेकी अधिकारीले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा पनि गठबन्धनकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन् । नेकपा एमालेका अम्बिकाप्रसाद खनाललाई पछि पार्दै भट्टराई उपप्रमुखमा विजयी भएकी हुन् । भट्टराईले १७ हजार ७२ मत प्राप्त गरिन् भने एमालेका खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन् ।
दमकमा ६ दलीय गठबन्धनबाट राप्रपाका राम थापालाई मेयरका साझा उम्मेदवार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्दा रहँदै आएको थियो ।