Aamsanchar

लण्डन भ्रमणमा मन्त्री कार्की,पर्यटन,अन्तर्राष्ट्रिय शिक्षा,गोर्खा समुदायका मुद्दाको बारेमा जानकारी लिने

Author Image
शुक्रवार, जेठ ६, २०७९

लण्डन । विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की यतिवेला लण्डनमा रहेका छन् ।

मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सव २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने छन् ।

कार्यक्रमले नेपाली कला संस्कृतिको प्रवर्द्धन र त्यससँग सम्बन्धित नेपालको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । यस्तै मन्त्री कार्कीले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको सम्बन्धलाई अगाडि बढाउने, गोर्खा समुदायका मुद्दाहरूको बारेमा पनि जानकारी लिने छन् ।

मन्त्रीको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, समितिका उपसभापति रिचर्ड गुरुङ, सुभाष राई, महामन्त्री इन्द्रहाङ लिङ्देन, जनसम्पर्क समितिका अन्य पदाधिकारी साथै रोजिहिरा फाउण्डेशनकी अध्यक्ष रोजिना प्रधान राई, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका वरिष्ठ सल्लाहकार हिराधन राई लगायत विमानस्थल पुगेका थिए ।

मन्त्री कार्कीले आफ्नो आतिथ्यका लागि सबैप्रति आभार व्यक्त गर्दै बेलायत बसाइमा नेपाली समुदायसंग साक्षात्कार र अन्य अवलोकन भ्रमण हुने बताए ।

Views: 482

प्रतिक्रिया (०)

सम्बन्धित खबर