Aamsanchar

बिहारमा एक पत्रकारकाे गोली हानी हत्या

Author Image
शनिवार, जेठ ७, २०७९

बिहार –भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। उनीहरुले सुभाषको शवलाई कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएका छन्।

मृतक पत्रकार सुभाष आफ्ना आमाबुबाका एक्लो सन्तान थिए। उनी २० मे बेलुका गाउँमा नै आयोजित एक कार्यक्रममा सामिल हुन गएका थिए। मांगलिक कार्यक्रमबाट राती फर्कंदा उनलाई बाटोमा ढुकेर बसेका अज्ञात व्यक्तिहरुले गोली हानेका थिए।  गोली सुभाषको टाउकोमा लाग्यो र उनी त्यहीं ढले। घटनास्थल पुगेका प्रहरीले उनलाई उपचारको लागि नजिकैको प्राथमिक स्वास्थ्यकेन्द्र लगेका थिए। त्यही उनलाई मृत घोषित गरिएको थियो।

हत्याराको खोजी भइरहेको र छिटै पत्ता लाग्ने प्रहरीले जनाएको छ। आजतक

Views: 513

प्रतिक्रिया (०)

सम्बन्धित खबर