Aamsanchar

एम्बाप्पे पीएसजीमै रहने

Author Image
आइतवार, जेठ ८, २०७९

काठमाडौं : फ्रेन्च युवा स्टार केलियन एम्बाप्पे अन्ततः पीएसजीमानै रहन सहमत भएका छन्। उनले पेरिस सेन्ट जर्मेइन (पिएसजी) मा तीन वर्षे सम्झौता गरेका छन्। यसअघि उनी रियल म्याड्रिड जाने चर्चा चलेको थियो। तर पिएसजीले उनलाई निरन्तर क्लबमा राख्ने प्रयास गर्दै आएको थियो।

२०१८ को विश्वकप विजेता २३ वर्षिय एम्बाप्पे लगातार रियल जान इच्छुक रहँदै आएपनि अन्तिम अवस्थामा उनले पीएसजीमानै रहने निर्णय गरेका हुन्। स्पेनिस लालिगाले भने एम्बाप्पेको कन्ट्रयाकले फुटबलमा आर्थिक बोलवालाहरूको दबाब रहने भन्दै आलोचना गरेको छ।

उसले एम्बाप्पेलाई रोक्नका लागि उच्च मुल्य दिएको आरोप लगाइएको छ। स्पेनिस फुटबल एक्सपर्ट गुइलेम बालागुले पिएसजीले फि मार्फत १५० मिलियन युरो  आगामी दुई सिजनका लागि प्रपोज गरेको दाबि गरेका छन्। पिएसजीले भने कति मुल्यमा उनलाई क्लबमा राख्न सहमत भएको खुलाएको छैन।​

कन्ट्रयाकपछि एम्बाप्पेले भने ‘म क्लबलाई उच्च स्तरमा पुर्‍याउन यहि रहन सहमत भएको छु। म खुसी छु की आफ्नो जन्मिएको देशमा नै रहेर क्लबलाई अर्को स्तरमा पुर्‍याउने अवसर प्राप्त गर्दा।’ उनी २०१७ मा लोनमा लियोनबाट पिएसजी आएका थिए। उनले पछिल्ला पाँच सिजनमा ४ पटक ला लिगाको उपाधि जितेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 379

प्रतिक्रिया (०)

सम्बन्धित खबर