Aamsanchar

हत्या गरेर शव खोलामा फाली भागेका २ जना पक्राउ

Author Image
सोमवार, जेठ ९, २०७९

काठमाडौं : हत्या गरेर शव खोलामा फाली भागेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर बागमती गाउँपालिका ६ फापरबारीका ४५ वर्षीय कान्छामान ठोकर र ललितपुर गोदाबरी नगरपालिका ६ लेलेकी ४० वर्षकी गायत्री नगरकोटीलाई हत्या आरोपमा नियन्त्रणमा लिएको हो।

गत वैशाख २८ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका ८ बराम्चेका ३५ वर्षका जीवन भन्ने कान्छा लामा तामाङको शव दक्षिणकाली नगरपालिका १ स्थित बागमती नदी किनारमा सडेगलेको अवस्थामा फेला परेको थियो।

अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका १६ नयाँबजार विष्णुमती पुलनजिकै बालाजु संरक्षण समिति एवं श्री शिवमन्दिर गंगा पहलमान पौवा परिसरभित्र रहेको भवनको कोठामा तीनजना मिलेर कुटपिट गरी हत्या गरेको पत्ता लागेको थियो।

तामाङलाई तीनजना मिलेर टाउकोमा हम्मरले हान्नुका साथै घाँटीमा सलले कसेर हत्या गरेको र शवलाई सलले बाँधी तन्नामा बेरेर डोरीले तीन ठाउँमा बाँधी विष्णुमती खोलामा लगी फालेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 464

प्रतिक्रिया (०)

सम्बन्धित खबर