Aamsanchar

अर्जुनधाराका मेयर गोम्देनले पदभार ग्रहणसँगै गरे दुईवटा निर्णय

Author Image
सोमवार, जेठ ९, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नवनिर्वाचित मेयर बलदेवसिंह गोम्देन तामाङले पदभार ग्रहणसँगै दुईवटा निर्णय गरेका छन् ।

नगरप्रमुख तामाङले सोमबार ९आज० झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथपछि नवनिर्वाचित नगरका जनप्रतिनिधिलाई सपथ ग्रहण सहित पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै नगर प्रमुख तामाङले रातो कार्ड भएका अपाङ्गलाई स्वास्थ्य बिमा गराइने र नगरका विपन्न बर्गका लागि ५ बर्षभित्रमा एकहजार घर निर्माण गर्ने निर्णय समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 834

प्रतिक्रिया (०)

सम्बन्धित खबर