Aamsanchar

बीएण्डसी हस्पिटलका दुर्गा प्रसाई र दुवई का अधिराजकुमार बिच भेटघाट

Author Image
सोमवार, जेठ ९, २०७९

झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुवई का अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुम बिच भेटघाट भएको छ ।

आइतबार दुवईमा प्रसाई र मकतुम बिच एक आपस भेटघाट भएको हो ।

भेटमा प्रसाईले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा आफूहरुको सहकार्य महत्वपूर्ण रहेको बताएका थिए । प्रसाई ५ दिने भ्रमणको लागि दुवई गएका हुन् ।

प्रसाईले बिएण्डसी हस्पिटललाई एसियाकै नमुना अस्पताल बनाउने सपना अनुसार दुवईका राजकुमार संग स्वास्थ्य क्षेत्रको बारेमा कुराकानी भएको संगै गएका अस्पतालका प्रवक्ता प्रोमिश गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर