Aamsanchar

माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जना पक्राउ

Author Image
सोमवार, जेठ ९, २०७९

दाङ । दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् । यसैगरी सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

हिजो आइतवार राति तुलसीपुर उपमहानगरपालिका ६ को एकान्त होटलमा नक्कली सुन बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट झोलाभित्र लुकाइ राखेको माटोको दुई वटा पक्की इँटा र सुनजस्तो देखिने धातुको टुक्रा एक थान बरामद गरिएको प्रहरीले बताएको छ ।

उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर