Aamsanchar

नेपालमा सडक सुरक्षाको अवस्था

Author Image
मङ्गलवार, जेठ १०, २०७९

प्रतिकात्मक तस्वीर श्रोत : कान्तिपुर

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा जम्मा ८,६५६ सडक ट्राफिक दुर्घटनाहरु भए जसमा १,६८९ मृत्यु, ४,०७१ गम्भीर
घाईते र ९,१३३ सामान्य घाईते भए । तापनि यो तथ्याङ्कले वास्तविक भौतिक क्षतीलाई प्रतिनिधित्व नगर्न सक्छ, किनकी विगतको अध्ययनवाट वास्तविक
सडक ट्राफिक दुर्घटनाहरु भन्दा कम अभिलेख रहेको देखिन्छ, विशेष गरी सामान्य घाइतेको सवालमा । यसरी अभिलेखमा छुट भएको पक्षलाई मध्यनजर गर्दा एउटा
अर्को अध्ययनले आ.व. २०६६/०६७ मा वास्तवमा १३,२४७ सडक ट्राफिक दुर्घटना भएको देखिन्छ जसमा १,७३४ मृत्यु, ४,१३० घाइते(गम्भीर तथा सामान्य) भएको अनुमान गरेको थियो ।

सोही अवधीमा ७,३८३ वटा सडक दुर्घटनाहरुमा मानविय क्षती नभएको तर सवारी साधनमा मात्र क्षती भएको (damage-only accidents)अनुमान गरिएको थियो ।

नेपालको आर्थिक बर्ष ०६६/०६७ मा सडक ट्राफिक दुर्घटना बाट मृत्यु भएको संख्यालाई सोही अवधिमा दर्ता भएका सवारी साधन (१०,१६,२७०) संग तुलना गर्दा नेपालमा हरेक १०,००० दर्ता सवारी साधनहरुमा १७ जनाको मृत्यु भएको देखियो जुन तथ्याङ्क एसिया र विश्वको तुलनामा नै सबभन्दा धेरै हो । अझै पुराना, विस्थापन गरिएका सवारी साधनहरु एंव स.ट्रा.दु. को अभिलेख छुट भएका पक्षहरुलाई पनि समेट्ने हो भने वास्तवमा नेपालमा हरेक १०,००० दर्ता सवारी साधनहरुमा सडक ट्राफिक दुर्घटना मृत्युदर १७ भन्दा वढी हुने देखिन्छ ।

भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयले गत बर्ष सार्वजनिक गरेको तथ्याङक हो ।

Views: 512

प्रतिक्रिया (०)

सम्बन्धित खबर