Aamsanchar

आजको राशिफल हेर्नुहोस् (११ जेठ २०७९, बुधवार)

Author Image
बुधवार, जेठ ११, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रामरमाइलो गर्न खोज्दा तोकिएको जिम्मेबारीप्रति ध्यानकेन्द्रित हुन सक्दैन । त्यस्तै कुनै पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु हुँदैन । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन् । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुरा प्रति रूचि जागृत हुनेछ । उच्च शिक्षाका छात्रछात्राले लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्मसिद्धिको समय छ, कार्यक्षेत्रमा जानकार र अनुभवीको तथा घरमा मातापिताको आशीर्वाद प्राप्त गरेमा हरेक काममा सफलता पाउन सक्नुहुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । विशेष परिस्थितिमा काम छाडी बाहिर निस्कन सकिन्छ, तथापि नियमित कामबाट फाइदा नै हुनेछ । नयाँ लगानीले धनधान्य र भाग्यबल दुबै पक्षमा लाभ हुनेछ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक÷सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

भावनामा भौंतारिंदा वा मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । कसैको चित्त दुखाएर धन वा प्रतिष्ठा प्राप्त गर्ने कोशिस गर्नुहुँदैन । दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिन मनोरञ्जनपूणर् नै हुनेछ, आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थितिसमेत बन्नेछ । आफ्नो काममा मात्र एकोहोरिएर लागिपर्नु भन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । तर पार्टनरसमक्ष कुनै कुरो राख्ने योजना छ भने केही समय पर्खिएको जाती हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्नुपर्ने हुन्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाम वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । गर्दै नगरेको र थोरै सहभागिता जनाएको कामकारोबारका कारण झूठो आक्षेप व्यहोर्नुपर्ने हुनसक्छ, सचेत हुने दिन हो । अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध÷सम्पर्क बढ्ने तथा सरसहयोग लिन÷दिन सकिने समय हो । मित्र र शुभचिन्तकको साथ÷सहयोग प्राप्त हुनेछ, नजानेको कुरा गुरुवर्ग वा दिदी÷दाजुका माध्यमबाट जान्न सकिने छ । सामाजिक नेतृत्व हातलागी हुनेछ, अझ सरकारी काम वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सानो प्रयासले मात्र पनि ठूलो अवसर पाउन सक्नुहुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीरमा विशेष ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ । व्यक्तिगत खुसी र सुखसुविधाका लागि खर्च गर्न मन हौसिन्छ । यी खर्चको खास प्रभाव पर्नेछैन, तथापि अहिले आय र व्ययको सन्तुलन कायम राख्न प्रयास गर्नुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ । भाग्यले साथ दिनेछ । कार्यस्थल र घरपरिवारमा समेत खुसी छाउने समय हो । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर