Aamsanchar

अर्जुनधारामा जनप्रतिनिधीले गरे पदभार ग्रहण

Author Image
बुधवार, जेठ ११, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधीहरुलाई सफथ ग्रहण गराईएको छ ।

आज शनिस्चरे स्थित एक कार्यक्रमका बिच नगर उपप्रमुख खड्गमाया पराजुलीसहित नगरका ११ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई नगर प्रमुख बलदेवसिंह गोम्देनले सफथ गराएका हुन् ।

सफथ ग्रहण समारोमा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता, केशबकुमार बुढाथोकी, नेकपा एमालेका नेता प्रेम गिरी, बिर्ख प्रधान, एमाले नगर इन्चार्ज दिपेन्द्र लम्साललगायतले जनप्रतिनिधीहरुको कार्यकाल सफलताको शुभकामना दिदै नगरका समस्या र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख हरिकुमार राना, निवर्तमान उपप्रमुख कमला खतिवडालले पनि शुभकामना व्यक्त गरेका थिए ।
नव निर्वाचत नगर प्रमुख बलदेवसिंह गोम्देनले भने ‘अर्जुनधारालाई भ्रष्टचार न्युन नगर, पर्यटकिय क्षेत्रको रुपमा परिचित रहेको नगरलाई अझ प्रभावकारी योजना बनाएर पर्यटन विकासमा काम गर्ने, कृषि उत्पादन र बजारीकरणको काम गर्नुपर्ने, नगरमा खोला उत्सखनन समस्या सधै किचलो हुने गरेको छ । खोलालाई उचित ढंगबाट उत्खनन गरी कृषकले भोग्दै गरेको सिचाई समास्यालाई दिर्घकालिन समाधान गर्ने कार्यक्रम अघि सार्ने, खोला जन्य बस्तु बोकेर दैनिक सयौं ट्रिपर, ट्रयाक्टर हिडदा बर्षेनी बाटो बिग्रने, धुलो उड्ने, दुर्घटना हुने भएकाले बालुवा ढुंगा बोकेका गाडीलार्ई खोलैखोला मुख्य राजमार्ग निस्कने बाईपास सडक बनाउने, बहुमुखी क्याम्पसलाई बसको व्यवस्था, विद्युत वितरण केन्द्र स्थापना, दमकलको व्यवस्था, प्रहरी चौकीलाई इलाका बनाउने जस्ता कामहरु प्रार्थमितामा राखेको छु । यसमा सबै वडा अध्यक्षहरुले साथ दिन अनुरोध छ ।’

कार्यक्रमको संचालन सुचना अधिकारी हेमराज सेढाईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 509

प्रतिक्रिया (०)

सम्बन्धित खबर