

चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित जनप्रतिनिधीहरुले आजबाट कार्यभार सम्हालेका छन् ।

विहान ९ बजे नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले सबै जनप्रतिनिधीहरुलाई पद तथा गोपनियताको सफथ ग्रहण गराए पछि आजबाट वडा नम्बर ५ का वडा अध्यक्ष गिताराज खड्का (हरि) वडा सदस्यहरुले १०ः ३० बजे देखि नियमित जनताको काम सुरु गरेका हुन् ।


नव निर्वाचित अध्यक्ष गिताराज खड्कालाई स्वागत गर्दै निर्वमान अध्यक्ष ध्यानबहादुर भारती ।


अर्जुनधारा वडा नम्बर ५ को वडा कार्यलयमा अध्यक्ष खड्कालाई निवर्तमान अध्यक्ष ध्यानबहादुर भारती, चुनावमा प्रतिष्पर्धी रहेका एमालेका डम्बर घिमिरे, निवर्तमान वडा सदस्य सुकुन्तला घिमिरे, वडा सचिव सस्मिता लुईटेललगायतले स्वागत गरेका थिए ।

नव निर्वाचित अध्यक्ष गिताराज खड्कालाई बधाई दिदै निर्वाचनका उपविजेता डम्बर घिमिरे ।
आजैबाट नगरपालिकाका सबै वडामा जनप्रतिनिधीले दिने सेवा सुरु भएको छ ।

