कनकार्ई । झापाको कनकाई नगरपालिकामा शेरबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय स्वतन्त्र नागरिक समाज गठन भएको छ ।
आज कनकाईको कालीमुडामा आयोजित एक भेलाले थापाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा युवराज संग्रौला, लक्ष्मीप्रसाद ओली, लिलाप्रसाद भेटुवाल, पर्शुराम गिरी,सोमनाथ उप्रेती,दिनानाथ खतिवडा, गोमादेवी कार्की, धर्मलाल राजवंशी र दुर्गानाथ ढकाल रहेका छन् ।
राजनीति दलबाट अगल भएका र स्वतन्त्र रहेकाहरु कनकाईमा संगठित बनेर सामाजिक कामगर्ने उदेश्यले स्वतन्त्र नागरिक समाज गठन गरिएको संयोजक थापाले बताए । थापा हालै सम्पन्न निर्वाचनमा स्वतन्त्रबाट कनकाईको मेयरमा उम्मेदवारी दिएर सम्मानजनक मत ल्याएका व्यक्ति हुन् ।
स्वतन्त्रहरुको नगर संजाल बनाउने अभियानमा जुटेको समाजले नगर, वडा र टोल समितिहरु गठन गरेर सामाजिक कार्यलाई तिब्रता दिने संयोजक थापाले बताए ।
आज भएको भेलामा १ सय ५० जना भन्दा धेरै कनकाई क्षेत्रमा क्रियाशिल सामाजसेवीहरुको उपस्थिती रहेको थापाले बताए ।