Aamsanchar

अफ्रिकाको एक अस्पतालमा आगलागी, ११ नवजात शिशुको जलेर मृ*त्यु

Author Image
बिहिवार, जेठ १२, २०७९

एजेन्सी – अफ्रिकी मुलुक सेनेगलको एक अस्पतालमा भएको आगलागीमा ११ नवजात शिशुको जलेर मृत्यु भएको छ ।

सेनेगलको तीभाउवने शहरमा रहेको दवाख अस्पतालमा भएको आगलागीमा उनीहरूको मृत्यु भएको हो ।

भर्खरै सञ्चालनमा ल्याइएको अस्पतालमा विद्युत् सर्ट भई आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नवजात शिशुको कक्षबाट शुरु भएको आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । घटना लगत्तै अभिभावकहरूको रुवाबासी चलेको थियो ।

यसैबीच सेनेगलका राष्ट्रपति म्याकी सलले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

घटना लगत्तै ट्वीट गर्दै उहाँले देशकै इतिहासमा भएको यो दर्दनाक घटनाले मर्माहत तुल्याएको उल्लेख गर्नुभयो ।

Views: 448

प्रतिक्रिया (०)

सम्बन्धित खबर