Aamsanchar

मोरङमा स्वतन्त्र पत्रकार संघ गठन

Author Image
बिहिवार, जेठ १२, २०७९

विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्डारीको उपस्थितिमा भएको भेलामा संघका केन्द्रीय सदस्यद्वय महानन्द सापकोटा, महाप्रसाद खतिवडा, मोरङ शाखाका संस्थापक सदस्य उद्धव घिमिरे, प्रदेश नम्वर १ का संयोजक एवं मोरङ अध्यक्ष विजय खतिवडालगायतको उपस्थिति थियो ।

संघको केन्द्रीय अधिवेशन यही जेठको २१ र २२ गते दुई दिन नवलपरासीको मौलाकालीमा हुने भएकोले प्रतिनिधिहरुसमेत छनोट गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)