Aamsanchar

अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयाे, ३७ घाइते

Author Image
शुक्रवार, जेठ १३, २०७९

इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ ।

व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार जना परिचालन गरिएको छ ।

इरान सरकारले उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने जनाएको छ ।

Views: 524

प्रतिक्रिया (०)

सम्बन्धित खबर