Aamsanchar

विराटनगरका पत्रकारले इच्छुकलाई सम्झिए

Author Image
शुक्रवार, जेठ १३, २०७९

विराटनगर । विराटनगरमा सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृति दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ ।
विराटनगरमा आज प्रेस सेन्टर नेपाल र प्रेस सेन्टर नेपाल विराटनगर शाखाले अन्तरक्रिया गरेको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रदेश १ सचिव गणेश उप्रेतीले पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकले पत्रकारिता र साहित्य क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा गरे ।

पत्रकार सेन इच्छुक समाजको ऐना रहेको उनले स्मरण गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, नाटककार तथा श्रष्टा भरत गुरागाईं बर्बरिकले पनि इच्छुकको योगदानको चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले तत्कालिन सरकारको विरुद्धमा आवाज उठाएकै कारण एक होनाहार पत्रकारले ज्यान गुमाउनु परेको स्मरण गरे । कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहार, प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले पनि कृष्ण सेन इच्छुकलाई स्मरण गरे । उनीहरुले पत्रकार महासंघले पनि कृष्णसेनको स्मृति दिवस साझा रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । तत्कालिन जनादेश साप्ताहिकका सम्पादक रहेका कृष्णसेन इच्छुकलाई सेनाले हिरासतमा लिएर लामो समयसम्म वेपत्ता बनाउँदै २०५९ जेठ १३ गते हत्या गरेको सार्वजनिक भएको थियो । सोही दिनको स्मरणमा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरले आज विभिन्न कार्यक्रम गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)