Aamsanchar

आजको राशिफल (१४ जेठ २०७९, शनिवार)

Author Image
शनिवार, जेठ १४, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्न सक्छन्, आफ्नो खूबी र क्षमताको पहिचान हुने समय छ । भौतिक सुख र प्रतिष्ठाबृद्धिको चिन्ताले सताउने समय छ । चाहेको उपलब्धि प्राप्त हुनेछ, तर पनि महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन छ । व्यक्तित्व विकासका साथै आफ्नो शारीरिक र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला । अझ नयाँ लगानी हो भने सोचेर कदम चाल्नु ठीक हुन्छ । गल्ला र सेफको सुरक्षामा ध्यान दिनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक कामधन्दामा सहजताको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा पनि सोचेजस्तै समझदारी रहनेछ, साथीसंगी र बाल्यावस्थाका मित्रसँगसमेत भेटघाट हुनसक्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउन सके महत्त्वपूणर् उपलब्धिसमेत प्राप्त हुनसक्छ । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा लाभ मिल्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सेवाग्राही र सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । नयाँ ढंगले कारोबारमा सुधार गर्न योजना बनाउने दिन हो, कुनै पेसामा आबद्ध हुनुहुन्छ भने पदोन्नति हुने वा चाहेको परिणाम हात पार्न सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धनधान्य बृद्धिका लागि इज्जत र प्रतिष्ठालाई दाउमा राख्नु हुँदैन । कुनै त्यस्ता कार्य सम्पन्न हुनेछन्, जसले भविष्यमा राम्रो फाइदा दिलाउन सक्छ । घरपरिवारका सदस्यहरुसँग पूणर् समय हर्षोल्लासका साथमा बित्नेछ । पतिपत्नी एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । अहङ्कार, अडान र आडम्बर तपाईंका कमजोरी बन्नसक्छन्, त्यसैले सँगीसाथी, घरपरिवार र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । कलात्मक कार्य (अभिनय, गायन÷वादन, नृत्य, भिडियो÷चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, अध्ययनलाई मात्र होइन, स्वास्थ्यस्थितिप्रति पनि सचेत हुनुपर्छ । खानपान र व्यायामको अनुशासनमा नरहनाले स्वास्थ्य कमजोर बन्नसक्छ, आर्थिक पक्ष तथा झैझगडा÷कलहप्रति पनि सावधान रहनुपर्ने हुन्छ । मायाप्रेममा कमी आउने छैन । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । तर घरिघरि मन रुमल्लिन सक्छ, कल्पना र भावना सलबलाउने दिन हो । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू बढ्ने समय छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्नु राम्रो हुन्छ । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराश हुनुपर्छ, सचेत हुनुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने तथा पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने राम्रो समय छ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो । कठोर परिश्रम र कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढी रहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मस्तिष्क क्रियाशील देखिन्छ, कतिपय कामहरू सहजै सम्पन्न हुनेछन्, तर एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यानकेन्द्रित हुनसक्दैन । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर