काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । मतदाताहरु लाई धन्यवाद दिने कार्यक्रम सकिए लगत्तै साह ल्याण्डफिड क्षेत्रमा पुगेका हुन् ।
साहले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तरवार्ता समेत नदिने समेत बताएका छन् । स्थानीय बासिन्दासँग भएको पटक–पटकको सम्झौता अनुसार काम हुन नसकेको भन्दै फोहर फाल्न नदिए पछि काठमाडौंका सडकका विभिन्न स्थानहरुमा फोहोर थुप्रिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 95