Aamsanchar

बिर्तामोड बन्द सोमबार की शनिबार ! व्यवसायीहरु यस्तो भन्छन्

Author Image
शनिवार, जेठ १४, २०७९

बिर्तामोड । झापाको बिर्तामोड बजार साप्ताहिक बन्द गर्ने विषयमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ विर्तामोड नगरले व्यवसायीहरु संग अन्तरक्रिया गरेको छ । बिर्तामोडमा आज (शनिबार) विभिन्न क्षेत्रमा आवद्ध व्यवसायी संग बजार बन्दको विषयमा अन्तरक्रिया तथा छलफल गरेको हो ।

लामो समयदेखि बिर्तामोड बजार साप्ताहिक बन्द गर्ने विषयमा विवाद तथा बहस हुदै आएको छ ।

शनिवार या सोमबार बन्द गर्ने विषयमा व्यवसायीहरु बिच एक रुपता नहुदा लामो समयदेखि यो विवाद देखिदै आएको हो ।

छलफलमा शनिबार नै बिर्तामोड बन्द गर्दा उपयुक्त हुने सुझाव व्यवसायीले दिएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ विर्तामोड नगर कमिटि अध्यक्ष विवेक निरौलाले बताए । उनले भने सरकारले पछिल्लो समय शनिबार र आइतबार सरकारी विदा दिन थालेको बताउँदै बाणिज्य संघले गर्ने सोमबार बन्दका कारण व्यवसायमा नकारात्मक असर परेको छ, त्यस कारण पनि शनिबार नै बजार बन्द उपयुक्त हुने हाम्रो ठहर हो ।

छलफलमा अलैंची व्यवासयी महासंघका महासचिव नारायण चिमरिया, महासंघ कै उपाध्यक्ष सुवास भट्टराई, हार्डवेयर व्यवसाय संघ झापा अध्यक्ष मात्रिका कोईला, अग्रज व्यवसायी उमेश डालमिया, चेम्बर अफ कर्मसका सन्तोष अग्रवाल, मेची डिस्टिलरी अध्यक्ष राजेन्द्रकुमार थापा, बैकर्स सुवास श्रेष्ठ, व्यवसायी शंकर ढुङ्गेल, पुस्तक व्यवसायी संघका अध्यक्ष सञ्जय शर्मा सापकोटा, अटोमोईल्सका यम बिमली, मार्वल टायल्य व्यवसायी कुशल खतिवडालगायतले साताको सबैदिन बजार खुल्ला रहनु पर्ने, बाणिज्य संघले जरिवाना लिन नहुने, रात्रिकालिन बजार लगाउनु पर्ने, कामदार आवतजावतका लागि नगर बसको व्यवस्थापन गरिनु पर्ने लगायतका आ–आफ्नो धारणा सहितको सुझाव राखेका थिए । साथै स्वइच्छाले बन्द गर्न या खोल्न पनि व्यवसायीले पाउनु पर्ने विचार व्यक्त गरेका थिए ।

व्यवसायीहरुको छाता संगठन बिर्तामोड उद्योग बाणिज्य संघले सोमबार बिर्तामोड बजार क्षेत्र साप्ताहि रुपमा बन्द गर्दै आएको छ । तर केही व्यवसायीहरुले भने शनिबार पनि बजार बन्द गर्दै आएका छन् ।

छलकोको सहजीकरण नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ विर्तामोड नगरकी सचिव गोमा भट्टराईले गरेकी थिइन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
4
+1
0
+1
0
+1
0
+1
2
+1
1
Views: 1479

प्रतिक्रिया (०)

सम्बन्धित खबर