Aamsanchar

आज बटसावित्री व्रत

Author Image
आइतवार, जेठ १५, २०७९

फायल:फोटो गुगलबाट

सावित्री र सत्यवान्को प्रेम कथा

ज्येष्ठ औँसीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्व पतिकी छोरी सावित्रीले जङ्गलमा बस्ने दृष्टिविहीन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् ।

सत्यवान्सँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जङ्गलमा बस्न थालिन् । सत्यवान् दाउरा काट्ने क्रममा रुखमाथि घाइते भएपछि मृत्युका देवता यमराज सत्यवान्को प्राण हर्न आएका थिए । आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन् । सत्यवान्को जीवन रक्षार्थ सावित्रीले देखाएकी आशक्ति र आलाप दुवै आजसम्म पनि उदाहरणका रूपमा लिइन्छ ।

आशा छ, एक दिन यमराज र सावित्रीबिच भएको संवादलाई कुनै लेखकले शब्दमा उतार्नेछन् । कालिदासको मेघदूत झैँ यो कृति पनि युगान्तसम्म रुचाइनेछ ।

यिनै सावित्रीको निस्वार्थ प्रेमको दृष्टान्तलाई बटसावित्री व्रतका रूपमा हरेक वर्ष ज्येष्ठ औँसीमा सम्झना गरिन्छ । विवाहित महिलाहरूले आजका दिन व्रत लिने चलन छ । पुरुषहरूले पनि आजका दिन आफ्नी पत्नीलाई उनीहरूको स्नेहका लागि धन्यवाद जनाउने चलन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर