Aamsanchar

नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गयाे

Author Image
आइतवार, जेठ १५, २०७९

नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रमपछि खाना खाने समयमा एक्कासी भागदौड भएको थियो । त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरु केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अफ्रिकी देश नाइजेरियामा  समुदाय–समुदायबीच बेलाबेला आपसी द्वन्द्वका घटना हुँदै आएका छन् ।

Views: 473

प्रतिक्रिया (०)

सम्बन्धित खबर