Aamsanchar

माईधारमा कन्या गुरुकुल बनाउन महायज्ञ

Author Image
आइतवार, जेठ १५, २०७९

माईधार । झापाको दिव्यपथ महिला सरोकार समाज तथा श्री सरस्वती कन्या गुरुकूलको आयोजनामा महायज्ञ हुने भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १०, माइधार स्थित आगामी जेठ १८ देखि २८ गतेसम्म श्री शिवमहापुराण विराट ज्ञान महायज्ञ आयोजना हुने आइतवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । गुरुकूलकाको जग्गाको पुर्ति र तीनतले भवन निर्माणका लागि पुराणको आयोजना गरिएको दिब्यपथ महिला सरोकार समाजकी अध्यक्ष बृन्दादेबी बरालले बताइन् ।

जगत् गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यको सान्ध्यिमा हुने महायज्ञमा कथा बाचन आचार्य प्रवर श्री ईश्वरकृष्णजी महाराजबाट हुने यज्ञ सम्पादन तथा मुल आयोजक समितिका संयोजक चन्द्रप्रसाद खनालले जानकारी दिए । त्यस्तै पंडित छविरमण निरौलाद्धारा मूल पाठ पारायण हुने बताइएको छ । महायज्ञका लागि २० देखि ३० लाख रुपैयाँ खर्च हुने आयोजक समितिले अनुमान गरेको छ । उक्त खर्च रकम सहयोगी दाता, सामाजिक संघ÷संस्था, स्थानीयबाट संकलन गरिने लक्ष्य राखिएको छ ।
झापामा रहेका २६ वटा गुरुकूल मध्ये पहिलो र नेपालमा दोस्रो कन्या गुरुकूल हो ।

विशुद्ध महिलाहरुकै क्षेत्रमा कार्य गर्ने संस्थाको रुपमा स्थापना भएको गुरुकुलमा हाल १६ जना कन्याहरु अध्ययनरत रहेका प्रवत्ता छविरमण निरौलाले बताएका छन् । महिलाहरुलाई सिट कोटा दिनुभन्दा क्षमतावान र सक्षम बनाउने उदेश्य संस्थाले लिएको समाजकी अध्यक्ष बृन्दादेबी बताइन् । कार्यक्रमको सञ्चालन दिब्यपथ महिला सरोकार समाजकी सचिव नैनाकला दाहाल भट्टराईले गरेकी थिइन् ।

गत २०७४ साल चैत्र ४ गते देखि १२ गते सम्म सोस्थानमा भू तपस्या पनि भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 461

प्रतिक्रिया (०)