Aamsanchar

प्रवासी भुजेल समाज युएईले उभौली पर्व मनायो

Author Image
सोमवार, जेठ १६, २०७९

युएई – प्रवासी भुजेल समाज सेवा समिती युएईले आज आफ्नो जातिको मौलिक सांस्कृतिक पर्व उभौली विधिपुर्वक पुजा गरि दुबई स्थित जाविल पार्कमा मनाएको छ ।

कार्यक्रममा प्रकृति पुजक भुजेल जातिले मनाउने आफ्नो मौलिक सांस्कृतिक पर्वमा सुर्य,वायु, जल, जमिन र जङ्गलको विधिपुर्वक पुजा आरधना गरिएको थियो ।

समाजका अध्यक्ष तुल बहादुर घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवास, सल्लाहकारहरु क्रमशः यम बहादुर घर्ती, दिलिप जिटि, महेश भुजेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ब्राओको भुमिका सल्लाहकार दिलिप जिटि र प्रेम घर्तिले निर्वाह गर्नुभएको थियो ।

‘भाषा, संस्कार र संस्कृति हाम्रो पहिचान स् समतामूलक समाजको निर्माण हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ युएईमा श्रमशिल भुजेल जातिको साझा संस्थाको रुपमा सन २०१२ मा कृयाशिल रहदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 768

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१