Aamsanchar

राप्रपा बह्रदशीद्वारा कक्षा ११ र १२ निशुल्क गरिनु पर्ने माग

Author Image
सोमवार, जेठ १६, २०७९

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पालिकाले कक्षा ११ र १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क पढाउनु पर्ने माग राखेको छ ।
आज राप्रपा बाह्रदशीका अध्यक्ष पूर्णबहादुर कटुवालले गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईलाई ज्ञापन पत्र बुझाए हुन् । राप्रपाले ज्ञापन पत्रको बोद्यार्थ ईलाका प्रहरी कार्यलय राजगढलाई पनि बुझाएको छ ।

ज्ञापान पत्रमा भनिएको छ, ‘बाह्रदशी गाउँपालिका भरी विभिन्न वडाहरुमा एसईई परिक्षा उर्तिण गरेका आर्थिक अबस्था दहनिय भएको कारणले कक्षा ११ भर्ना हुनबाट बन्चित भएका र ११–१२ कक्षा अध्ययन गर्न समेत नपाउने देखिएकोले आर्थिक अभावकै कारणले जेहेन्दार विद्यार्र्थीहरु पढनबाट बन्चित हुनु बाह्रदशी गाउँपालिकाका लागि यो अभिसाप हो । शिक्षा जस्तो सम्वेदनशिल विषय भएकोले पढनबाट कोही पनि बन्चित हनु नपारोस्, शिक्षाको ज्योती सबैले पाउनु पर्दछ, यो राज्यको कर्तव्य र जिम्मेवारी पनि हो । राज्यले यसको जिम्मा पनि लिनु पर्दछ ।’

‘छिमेकी गाउँपालिकाहरुमा ११ र १२ कक्षा निशुल्क पढन पाउने व्यवस्था भएको र हाम्रो गाउँपालिकामा किन निशुल्क हुननस्के रु तसर्थ बह्रदशी गाउँपालिका भित्र कोही पनि पढनबाट बन्चित नहोस् भनी यस बाह्रदशी गाउँपालिकाले ११ र १२ कक्षाहरुको लागि यथाशिर्घ निशुल्क पढन पाउने व्यवस्था लागु गरियोस् भनी राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कार्यसमिति बाह्रदशीले जोडदार माग गर्दछ।’

त्यसैगरी राप्रपाले मुल्य वृद्धि प्रति विरोध जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 231

प्रतिक्रिया (०)