

काठमाडौं – ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् ।

उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । पक्राउको विरोधमा कर्णालीका बासिन्दा र लामा समुदायले मंगलबार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम थियो । तर कार्यक्रम स्थगित भएको छ ।
Views: 516

