Aamsanchar

सप्तकोसीमा फौजी किराको प्रकोप

Author Image
मङ्गलवार, जेठ १७, २०७९

सप्तरी – सप्तकोसी नगरपालिकामा हुर्किँदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरूका अनुसार दुई हप्तादेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो  ।सप्तकोसी–१० का विनोद पण्डितले भने, “किसानले लगाएका मकैका बिरुवाको पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेका छन् ।”उक्त नगरपालिकाको वडा नं १ को  फत्तेपुर, वडा नं २ को पर्सा, वडा नं को ३ सखुबनी, वडा नं को ४ बलार्दह र वडा नं ५को गङाजली क्षेत्रमा फौजी किराको बढी प्रकोप देखिएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार आफूहरूले विभिन्न कीटनाशक औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा आउन नकसेको वडा नं १ का राजकुमार चौधरीले बताए ।हुर्कंदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको बताउँदै रामकृष्ण चौधरीले मौसम पनि ठिकै भएकाले बाली राम्रो होला भन्ठानेकामा किरा लागेर सबै बोट सखाप हुन लागेको  गुनासो गरे । एघार वटा वडा रहेको उक्त नगरपालिकाका सबैजसो वडामा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको स्थानीय किसानहरूले जानकारी दिए ।  विगत केही वर्षयता उक्त नगरपालिका क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या समाधानका लागि नगरपालिका, कृषि शाखालगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।

Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाममा चियाको पहिलो टिपाइ सुरु
बिहिवार, फागुन २८, २०८२
झापामा चैते धान लगाउन सुरु
आइतवार, फागुन २४, २०८२